नेपालगन्ज : जहा इच्छा त्यहाँ उपाय भने झै केही गर्छु भन्नेलाई कसैले रोक्न सक्दैन । रोल्पाको जङ्गलमा फलेको काफल दाङ हुदै नेपालगन्जमा ल्याएर बिक्री गरिएको छ ।
घोराही, रजेना १८ मा घर भएका हरिनारायण चौधरीले रोल्पाबाट ७५ किलो भन्दा बढी ४ वटा झेउवामा लिएको काफल आज बिहानैदेखि नेपालगन्जको सिटिजन बैंक अगाडि राखेर बिक्री गरेकोे बताए ।
उनले उक्त काफल लिन आउने पारखीहरुले खुसी हुदै किनेर लग्ने गरेको बताए। तराईमा पहाडको काफल खान पाउँदा खुसी भएको नेपालगन्ज १२ निवासी गोकर्ण शाहीले बताए ।


