नेपाल घरेलु तथा साना उद्योग महासंघ नरेैनापुरको अध्यक्षमा यादव

अर्थ / बाणिज्य स्थानीय तह


नरैनापुर: नेपाल घरेलु तथा साना उद्योग महासंघ नरैनापुर गाउँ पालिका समितिको दोस्रो साधारण सभा तथा अधिबेशनबाट अध्यक्ष पदमा इन्द्रजित यादब सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी बरिस्ठ उपाध्यक्षमा राम सुरज यादव, उपाध्यक्षमा सफिक खाँ, महासचिवमा राम सुरत रैदास, कोषाध्यक्षमा रिजवान अहमद मुकेरी लगायतका सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।

उक्त कार्यक्रममा स्थानिय सरकारको प्रतिनिधित्व गर्दै वडा अध्यक्ष कृष्णचन्द्र मौर्य, इलाका प्रहरी कार्यालयवाट प्रतिनिधि प्रहरी नायब निरीक्षक पि. बि. अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

साधारण सभामा नरैनापुरमा उद्योगका बिभिन्न समस्या तथा सहकार्यका बारेमा समेत व्यापक छलफल भएको जिल्ला शाखा बाँकेका महासचिव जि.आर. भुषालले बताए ।
जिल्ला शाखा बाँकेको बैठकले बाँके जिल्ला भित्र रहेका सम्पुर्ण पालिकामा अधिबेशन तथा साधारण सभा गर्ने निर्णय बमोजिम नरैनापुरमा क्षेत्रमा जिल्ला महासचिव जि. आर. भुषालको समंयोजकत्वमा रहेको पालिका अधिबेशन गरिएको भुषालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *