नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डा. किदुवाईलाई नेपाल प्रहरीद्वारा सम्मान

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद


नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत फिजिसियन एशोसीयट प्रोफेसर डा. आसिम किदुवाईलाई स्वास्थ्य उपचार मार्फत समाजमा उच्च सेवा गरे बापत नेपाल प्रहरीले सम्मान गरेको छ ।
डा. किदुवाईले लामा समयदेखि नेपालगन्जमा स्वास्थ्य उपचार सेवा गरिरहनु भएको छ । उहाँले कोभिड महामारीको समयमा पनि उल्लेखनीय योगदान दिनु भएको थियो । उहाँ सालिन स्वभावका कारण सबैको मनपर्ने चिकित्सकको रुपमा चिनिनु हुन्छ । उहाँको बुबा बरिस्ठ फिजसियन तथा जनरल सर्जन डा. एम . किदुवाईले पनि ४ दशक भन्दा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गरिरहनु भएको छ ।
डा. आसिम किदुवाईलाई नेपाल प्रहरीका प्रमुख बसन्त कुवरले सम्मानित गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *