नेपालगन्ज: लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा बिरमी चन्द्र फाउन्डेसनको आयोजनामा नेपालगन्जमा १० दिने सञ्चारकर्मी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
उक्त संस्थाको संरक्षक तथा लुम्बिनी प्रदेश सांसद कृष्णा के.सी. नमुनाको प्रमुख आतित्थ्यमा उद्घाटन गरिएको तालिमको मुख्य प्रशिक्षकको रुपमा बरिस्ठ पत्रकार हेमन्त कर्मचार्य, बरिस्ठ पत्रकार, डिल्ली बिसी., विजय वर्मा, गोविन्द पाण्डे, कुल बहादुर भण्डारी, सिराज खान, शंकर खनाल, रुद्र सुवेदी, डक्ट प्रसाद धिताल, आलाम खान लगायतका रहेको आयोजक संस्थाका अध्यक्ष डा- डक्ट प्रसाद धितालले बताए ।
उक्त क्षमता वृद्धि तालिममा विभिन्न मिडियामा कार्यरत रहेका ४० जना सञ्चारकर्मीहरु सहभागी भएका छन् । उद्घाटन सत्रमा बोल्दै लुम्बिनी प्रदेश सांसद नमुनाले यस तालिमले सञ्चारकर्मीहरुको लेखनमा निखारता आउनेमा विश्वस्त भएको बताउदै आगामी दिनहरुमा पनि आफ्नो सहयोग निरन्तर रहने बताउनु भयो ।

