नेपालगन्ज : राष्ट्रिय दलित पत्रकार संघ बाँकेको प्रथम जिल्ला अधिबेशन आज सम्पन्न भएको छ ।
उक्त अधिबेशनबाट अध्यक्षमा कविन्द्र परियार, उपाध्यक्षमा आशा परियार, सचिवमा शुभाकर बिश्वकर्मा, सह-सचिवमा विष्णु परियार, कोषाध्यक्षमा गोपाल साहु, सदस्यहरुमा प्रमिला विश्वकर्मा, शान्ति सुनार, शिबानी बि.क, देवि सुनार, उमेश दलामी चयन भएका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ बाँकेका पुर्व अध्यक्ष रुपा गहतराजको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका सचिव शिव सुनारले दलित पत्रकारहरुको हकहितलाई उजागर गर्दै लैजाने र सम्पुर्ण दलित पत्रकारहरुलाई एकिकृत बनाउने संगठन नै राष्ट्रिय दलित पत्रकार संघ भएको उल्लेख गर्नुभयो । साथै उहाँले यो प्रतिस्प्रधाको जमनामा हरेक चुनौतीहरुलाई पार गर्न सक्ने क्षमता बनाउन निर्वाचित भएका नयाँ कार्यसमितिलाई शुभकामना समेत दिनुभयो ।

यस्तै रेडियो प्रसारक संघका केन्द्रीय सदस्य एवम रेडियो प्रतिबोध एफ एमका स्टेशन म्यानेजर हेमन्त वि.क.ले जुझारु दलित पत्रकारको बाहुल्यता के कति रहेको छ भन्ने कुराको पुष्टि आज यसरी गरिएको कार्यक्रमले देखाएको र अगामी दिनमा यो संघले समाज पविर्तनका निम्ति आफना पाईलाहरुलाई निरन्तर अगाडी बढाउने छ भन्ने विशवास व्यक्त गर्नुभयो ।
