सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह


पुरन परियार

बाँकेकाे खजुरा गाउँ पालिका मा सुरक्षित आप्रवासन (सामी) १(एक) दिने वैदेशिक सराेकारवालाहरु र स्थानीय जनप्रतिनिधिहरु संगकाे कामदारलाई सामाजिक बहिष्कारण र प्रभाव न्यूनीकरण अन्तरक्रिया कार्यक्रम गाउँपालिका राेजगार शाखाकाे आयाेजनामा सम्पन्न भएकाे छ ।
“स्वदेशमा नै राेजगारी गराै, वैदेशिक राेजगारीमा जाने नै भए सहि सुचना लिएर,सिप सिकेर मात्र जाअाैं” भन्दै सुरक्षित अाप्रवासन , मनाेपरामर्श जस्ता कार्यक्रम गर्दै अाएकाे छ । वैदेशिक राेजगारीमा रहेका परिवारहरु लाई अझै भन्नुपर्दा श्रीमान विदेशमा र श्रीमती नेपालमा रहदा समाजमाबाट खेप्नुपरेका लालछना,कु-दृष्टि हरु लाई भाेगेर कतिपय महिलाहरु आत्महत्या र डिप्रेसन जस्ता भयानक समस्याको सिकार भएकाे हुनाले उक्त वैदेशीक राेजगार शाखा तथा खजुरा गाउँपालिकाकाे चालू बर्ष ०७९/८० मा १३ लाल्छना र ५ मृत्यु गरि ३० वटा केसमा काम गरि सकेकाे तथ्यांक मनाे प्ररामर्श कर्ता मुना रिजालले प्रस्तुत गरेकि थिइन ।
चालू बर्षमा खजुरा गाउँपालिका वडानं २ मा २२ जना, वडानं ३ मा २५ जना, वडानं ५ मा २८ जना र वडानं ६ मा ३१ जना गरि जम्मा १०६ जना लाई वित्तीय साक्षरता कक्षाहरु कार्यक्रम जस्तै कसरी विदेशी रेमिटेन्स लाई वचत गर्ने भन्ने जस्ता प्ररामर्शहरु पनि संचालनमा रहेकाे वित्तीय साक्षरता परामर्श कर्ता सुष्मा मिश्रले प्रस्तुत गरेकि थिईन । वैदेशिक राेजगार प्रबर्द्धन बार्डका अनुसार हाल सम्म सीप सिकेर वैदेशिक राेजगारिमा जानेहरुकाे संख्या भने ०.१% मात्र रहेकाेले उक्त प्ररामर्श तथा शिक्षाको कमि भएकाे मानिन्छ यस कारण ०७७/७८ मा मात्रै १ हजार २ सय ४३ जनाकाे मृत्यु भएकाे तथ्यांक रहेकाे कार्यक्रम अधिकृत लक्ष्मी चाैधरी जानकारी दिएकी छन ।
कार्यक्रमकाे समापन गर्दै पालिका अध्यक्ष डम्बरबहादुर बि.क (तुफान) ले हालकाे परिस्थितिलाई हेर्दा वैदेशिक राेजगारमा जानेहरूको संख्या बढ्दाे रहेकाले अागामि दिनहरुमा सिप सिकेर मात्र वैदेशिक राेजगार जानुपर्ने भन्दै व्यवस्थापन गर्ने जानकारी दियका छन । कार्यक्रममा पालीका उपाध्यक्ष मन्जु मल्ल प्रमुख प्रशासकीय अर्जुन सुवेदी लगायत कर्मचारी वडा अध्यक्ष हरुकाे सहभागीता रहेकाे थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *