नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा १५ वटा संघ संगठनहरुले आज नाम दर्ता गराएका छन् ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका निर्वाचन संयोजक ठण्डिराज जमरकट्टेलले निकालेको सूचना अनुसार १५ वटा संगठनले नाम दर्ता गराएका छन् । जमरकट्टेलले निकालिएको सुचनामा संघ संगठनका केन्द्रीय अध्यक्ष समेत नाम लेखिएको छ भने राष्ट्रिय स्वतन्त्र विद्यार्थी मन्चको अध्यक्षको नाम खाली छोडिएको छ ।
जस अन्तर्गत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (सुदेश पराजुली ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौं , अखिल क्रान्तिकारी (पञ्चा सिंह,) अखिल क्रान्तिकारी (प्रकाश शाही ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, (समिक वडवाल), नेपाल विद्यार्थी संघ( दुजाङ शेर्पा) लगायतका केन्द्रीय अध्यक्ष भएका संघ संगठनहरुले नाम दर्ता गराएका छन् ।
विद्यार्थी संगठनहरु ब्यानर सहित नाराजुलुस गर्दै नाम दर्ता गराउन गएका थिए ।
हेर्नुहोस् सुचना




