वर्षदिन नबित्दै बुबा आमा गुमाएकी दलित चेलीलाई किरिया खर्च जुटाउन सहयोगको अपिल

लुम्बिनी प्रदेश बिशेष

गुल्मी – गुल्मीको मदाने गाउँपालिका वडा नं ७ रोल्ममा एक वर्षको अन्तरालमा घरका तीन तिनजना परिवारलाई गुमाएकी दलित चेली लाई किरिया खर्च जुटाउन सामाजिक सञ्जालमा अाव्हान गरिएको छ ।
गायककार तथा समाजसेवी सुनिल थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर सहयोग गर्न अनुरोध गरेका छन् । सुरुमा हजुरआमा, अनि आमा र अहिले बुबाको मृत्यु पश्चात् एक्लो बनेकी सीता बि-क-लाई किरिया खर्च नपुगेर सहयोग रकम जुटाउन लागेको थापाले नागरिक पथसंग बताए ।

सीताको हजुरआमा र आमाको त जनतन बुबाले किरिया खर्च जुटाउनु भयो छोरीलाइ पढाउन पाल्न निमेक गरि जनतन पुगेकै थियो अचानक सीताको बुबा बिरामी भयर उपचार गर्दा गर्दै भयको जाय जेथा पनि सकियो नत बुबानै रहनुभयो अहिले नत पैसा छ, नत सम्पती, छ त केबल थोत्रो घर र एउटी बालिका सीता बि- क- , अहिले उनलाई सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट सहयोग रकम जुट्न सुरु भएको थापाले बताए । मानवीय मन भएका व्यक्तिहरुले सहयोग गर्न उनले सबैलाई अनुरोध गरेका छन् ।
सामाजिक सञ्जालमा गरिएको अनुरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *