नेपाल टेलिकमले ल्यायो, वार्षिकोत्सबको उपलक्ष्यमा विशेष अफर

अर्थ / बाणिज्य

नेपाल टेलिकमले आफ्नो १९ औं वार्षिक उत्सवको अवसरमा फाइबर इन्टरनेट ग्राहकका लागि विशेष अफर सञ्चालनमा ल्याएको छ । 

नयाँ बन्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले इन्टरनेट, टीभी र टेलिफोन सहितको अफर सञ्चालनमा ल्याएको हो । यो अफर अन्तर्गत ग्राहकले १२ हजार रुपैयाँमा २० एमबीपीएस गतिको इन्टरनेट सहित एक वर्षका लागि टेलिफोन सेवा र एक टिभी प्रयोग गर्न पाउनेछन् । 

यो अफर नयाँ सेवा जडान गर्ने ग्राहकको हकमा मात्रै लागू हुने टेलिकमले बताएको छ । आजबाट सुरु भएर फागुन ७ गतेसम्म मात्रै यो योजना लागू हुने कम्पनीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *