नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन विभागीय कमिटी नेपालगन्जको अध्यक्ष पदमा नेत्र बहादुर खत्री निर्वाचित हुनु भएको छ ।
विभागीय कमिटी नेपालगन्जको सातौं ऐतिहासिक अधिबेशनबाट अध्यक्ष पदमा नेत्र बहादुर खत्री, उपाध्यक्ष पदमा मन्जु कंडेल, उपाध्यक्ष पदमा राधेश्याम यादव, सचिव पदमा देवमाया घले, सहसचिव पदमा शारदा क्षेत्री, कोषाध्यक्ष पदमा सुविना खरेल, सदस्य पदहरुमा क्रमश : गिता लोहार, हरिना जोशी, विना बुढाथोकी , विपना गैरे, रन्जना सुनार, फुलमाया बि-क- युगुल किशोर वाल्मीकि, सावित्री वाल्मीकि, निर्वाचित हुनु भएको हो । एकजना सदस्य पछि नियुक्त गर्ने गरि १५ सदस्यीय कमिटी गठन भएको नवनिर्वाचित अध्यक्ष नेत्र बहनदुर खत्रीले बताउनुभयो ।
२०६१ सालमा स्थापना भएको कर्मचारी संगठन स्वतन्त्र संगठन रहेको संगठनले कर्मचारीहरुका हकहितका लागि निरन्तर आवाज उठाउदै आइरहेको र उठाउने कर्मचारी संगठन केन्द्रीय कमिटी सभापति रत्ना गिरीले बताउनुभयो । विभागीय कमिटी नेपालगन्जका अध्यक्ष बिन्दु शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कर्मचारी संठनको केन्द्रीय सभापति, विशिष्ट अतिथिमा नेपालगन्ज मेडिकल कलेजका अस्पताल निर्देशक डा- एम किदुवाई, बिशेष अतिथिमा कर्मचारी संगठनका सल्लाहकार संयोजक अब्दुल हुसेन खान, अतिथिहरुमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खान, कर्मचारी संघका केन्द्रीय उपसभापति शहाबुद्दिन खान, विभागीय अध्यक्ष चन्द्रनारायण मण्डल, कर्मचारी संगठन केन्द्रीय कमिटीका बरिस्ठ उपसभापति सुमन गिरी, उपसभापति कृष्ण बहादुर बुढा, अशोक कुमार दिक्षीत, निर्वतमान उपसभापति मुस्लिम खान, कर्मचारी संगठन विभागीय कमिटी चिसापानीका अध्यक्ष शेरेन्द्र कुमार सोनी, बरिस्ठ अधिकृत विष्णुप्रसाद पोखरेल, जयेश जंगशाह, संजय पौडेल, अधिकृत प्रतिभा देव चौधरी, अदनान सिद्धीकि, खेमा भण्डारी, नीरज शर्मा लगायतका अथिथिहरुको उपस्थिति भएको थियोे ।
