नेपालगन्ज : शारीरिक असक्तता भएका यामलाल रसाइली बहु प्रतिभा भएका नीडर व्यक्ति हुन् । उनको विश्वभर फैलिएको कोरोना महामारीको दोस्रो लहरको अवस्थामा २०७८ बैशाख १७ गते कोभिड पोजेटिभ भएपछि मृत्यु भएको थियोे ।

उनको मृत्यु पश्चात् उनको घरपरिवारमा जीविकोपार्जन गर्न अप्ठ्यारो भइरहेको कारण अहिले नेपालगन्जमा साइकलिङ क्लवका संस्थापक सदस्य तथा वर्तमान सल्लाहकार सदस्य लबराज श्रेष्ठको अगुवाइमा केही आर्थिक संकलन हुदै गइरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा हुने कोरा इभेन्ट नेपालमा पनि कोरा २०२२ नाम राखेर १०० किलोमिटरको राइडको आयोजना गरिएको छ । नेपालगन्जमा पनि कोरा २०२० इभेन्टको आयोजना गरिएको छ जसको कोर्डिनेट क्लबका सचिव प्रदिप सापकोटाले गरिरहेका छन् । उक्त इभेन्टबाट केही रकम बचाएर उनको परिवारलाई हस्तान्तरण गर्ने श्रेष्ठले बताए ।

कैलाली जिल्ला लम्की चुहा गाउँपालिका वडा नं १, मा बसोबास गर्दै आएका यामलाल रसाइली बहु प्रतिभा भएका व्यक्ति थिए उनी एक शाहासिक साइकल यात्री थिए , शारीरिक रुपमा फरक क्षमता भएका उनको साहसको सबैले प्रशंसा गर्ने गर्दथे । एक मात्र खुटा भएका उनले मेची महाकाली साइकल यात्रा, लम्की देखि मुगुको रारा सम्मको साइकल यात्रा गर्नुका साथै देश तथा विदेशमा भएका पारा साइक्लिङ च्यालेन्ज भाग लिएका थिए । उनले साइकल चलाएको देखेर धेरै मानिस प्रवाहित हुँदै वहालाई प्रेरणाको श्रोत मानेर साकलिङ सुरु गर्नुहुने धेरै छन् । नेपालमा हुने प्राय साइक्लिङ इभेन्ट हरुमा उनको सहभागिता रहने गर्दथ्यो ।
नेपालगन्जमा साईकलिङको संस्कृतिको विकासमा उनको ठूलो हात रहेको छ । नेपालगन्जका प्राय सबै इभेन्टमा उनको सहभागिता रहँदै आएको थियो । रसाइलीले आफ्नो परिवारलाई सिलाइ कटाइ गरेर जनतन पालेका थिए उनका एक श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।
नेपालमै एउटा पारा साइक्लिङ च्यालेन्ज गराउने उनको सपना गत वर्षको कोभिडले अधुरै बनाएको श्रेष्ठले बताए । श्रेष्ठले उनको परिवारजनलाई १ लाख रकम संकलन गरेर हस्तान्तरण गर्ने कार्यक्रम रहेको र उक्त मानवीय कार्यमा सबैले सहयोग गर्नुहुनका लागि अनुरोध समेत गरेका छन् ।
