मन्त्री राईद्वारा बकर इदको अवसरमा शुभकामना व्यक्त

मुख्य खबर

बाँके – मुस्लिम समुदायहरुको महान् चाड बकर इदको अवसरमा भौतिक पूर्वाधार  तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले  मुस्लिम समुदाय लगायत देश तथा विदेशमा रहनु हुने नेपाली बुबा आमा, दाजुभाइ दिदीबहिनीहरुलाई शुभकामना सन्देश दिनु भएको छ ।

मन्त्री राई आज गृह जिल्ला बाँके मा आउनु भएको छ  उहाँले  सम्पूर्ण इस्लाम धर्मावलम्वीहरु र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण मुलुक हो । विभिन्न समुदायका चाडबाड, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको उल्लेख गरेका छन् ।

त्यस्तै मन्त्री  राईले भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मवलम्वीहरुको महान् पर्व इद–अल–अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ् गर्ने र एकताको सुत्रमा बाधिने  विश्वास लिएको बताउनु भएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *