दार्चुलाको अपी हिमालमा छायांकन गरिएको म्युजिक भिडियो सार्वजनिक


दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा पहिलो पटक छायाङ्कन गरिएको म्युजिक भिडियो ‘आए म त ‘सार्वजनिक गरिएको छ । मौसमका कारण धेरै एडभेन्चर शोहरुले समेत छायांकन गर्न नसकेको करिब ७,१ सय ३२ मिटर उचाई रहेको हिमालको बेस क्याम्पमा भिडियोको टिम पुर्याएर कलाकार एबम निर्देशक राजु भट्टले भिडियो सुटिङ गरेका उक्त अपी हिमाल गाउँ पालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले बताए ।

उक्त भिडियो छायांकन गर्न काठमाण्डौको बसन्तपुर देखि दार्चुलाको अपी हिमाल सम्मको दृश्यहरु समेटेर तयार पारिएको र उक्त भिडियो निर्माण गर्न २ हप्ता लागेको निर्देशक भट्टले जानकारी दिए ।

उक्त म्युजिक भिडियोमा धनगढीकी स्थानीय कलाकार बोन्दिता धामी र दार्चुला अपीका स्थानियको साथमा राजु भट्टको अभिनय रहेको भिडियोले नेपालको प्राकृतिक सौन्दर्यतालाइ एउटा दरिलो श्रब्य दृश्य मार्फत प्रस्तुत गरेको छ । २ युवा सिनेमाटोग्राफर केशव पाण्डे र निर्देशक भट्टको एउटा अथक मेहनतबाट तयार भिडियो हेर्दा दार्चुलाको अपी क्षेत्र लगायत समग्र नेपालको पर्यटनकोक्षेत्रको लागि एउटा कोसे ढुंगाको काम गर्ने अध्यक्ष बोहराले बताए ।

उक्त हिमाल संसारभर नै पछिल्ल्लो समय युवाहरुको रोजाईमा एडभेन्चर ,ट्रेकिंङ एबम ट्राभलिङ सम्बन्धीको फिल्म एवं कार्यकमहरु पर्ने गरेकोमा यस म्युजिकल फिल्मले नेपालको आन्तरिक एबम बाह्रय पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ । म्युजिक नेपालको युट्युब च्यानल र अफिसियल मोबाइल एप्स मोमो एप मार्फत एकैसाथ सार्वजनिक ‘आए म त ‘ भिडियोलाइ समग्र दार्चुला जिल्ला र अपी गाउँपालिकाले समेत आफ्नोक्षेत्रको प्रचार प्रसार माध्यम बनाउन सक्छन । राजु भट्टको आफ्नै शब्द ,संगीत र मानश्वी मालाकारको एरेन्ज रहेको ‘आए म त ‘ गीतमा राजु र ममता गुरुङको स्वर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *