नेपालगन्ज : अन्तर्राष्ट्रिय नर्सिङ दिवसको दिन आज नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नर्सिङ कर्मचारीहरुले आफ्नो कार्यालयमा फ्लोरेन्स नाइटिङ्गेलको तस्बिरमा माल्यापर्ण गरी केक काटेर नर्सिङ दिवस मनाएका छन् ।

नर्सिङ कि जन्मदाता फ्लोरेन्स नाइटिङ्गलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । उक्त दिवसमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- का सि- इ-ओ डा- सुनिल कुमार सिंह , नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा- रोमन किदुवाई, नर्सिङ मेट्रोन ममता शर्मा, नर्सिङ अधिकृतहरु, नर्सिङ इन्चार्जहरु, नेपाल नर्सिङ संघकी केन्द्रीय सदस्य कोहिनुर फारुकी, नर्सिङ कर्मचारीहरु, हिमालय कम्पनीका मार्केटिङ मेनेजर आस्विनी कोइराला, सेल्स मेनेजर सुरेश वर्मा लगायतको उपस्थिति रहेको थियोे ।


नर्सिङ अधिकृत सुमन गिरीले सञ्चालन गरेको कार्यक्रममा कलेजका सिइओ डा- सिंहले रातदिन बिरामीको सेवामा खटिने नर्सिङ कर्मचारीहरुप्रति कृतज्ञता ज्ञापन गर्नु भएको थियोे । उहाँको स्मरणमा नर्सिङ दिवस मनाउनु उहाँको न्याय हुने बताउदै नर्सिङ स्टाफहरुले अहिले दिइरहेको सेवामा अझ थप सेवामा चुस्त दुरुस्त गराउन सबै लागि पर्नेमा मेडिकल कलेजका सहायक निर्देशक डा- रोमन किदुवाईले जोड दिनुभएको थियोे ।
नर्सिङ प्रशासक ममता शर्माले हामी नर्सिङ दिदीबहिनीहरुले काम गर्ने ठाउँमा राम्रो वातावरण भएमा सेवा दिन तयार रहेको बताउदै सोही अनुसारको वातावरण सबै हस्पिटलहरुमा बनाउन आग्रह गर्नुभएको छ । बिरामीहरुको सेवा गर्न जन्मिएका नर्सिङ कर्मचारीहरुले आफ्नो घरका परिवारहरुको भन्दा बिरामीको माया लाग्ने उहाँले बताउनुभयो ।
