नेपालगन्ज : आसन्न स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ का वडा अध्यक्ष तिरथराम चिडिमारको नेतृत्वमा उम्मेदवारहरु आफ्नो चुनावी प्रचारप्रसारमा सक्रिय रुपमा लागेका छन् ।

नेकपा माओवादी केन्द्र वडा नं १२ बाट युवा नेता तिरथराम चिडिमारको नेतृत्वमा सदस्यहरुमा दिपेश श्रेष्ठ, सन्तोष तिवारी, महिला सदस्यमा रेश्मा पठान, दलित महिला सदस्य गौरी परियार चुनावी मैदानमा होमिएका छन् ।
आज बेलासपुरमा सयौंको सङ्ख्यामा घरदैलो कार्यक्रम गरेको अध्यक्ष चिडिमारले बताए । हामी वडा नं १२ मा शिक्षा, स्वास्थ्य, बाटो घाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्ने सदस्य पदका उम्मेदवार दिपेश श्रेष्ठले बताए । हाम्रो टीम नै युवा टीम र वडा नं १२ का लागि सक्षम भएको हुदा यो आफ्नो टीमलाई गोलाकार भित्रको हसिया हथौडामा भोट हालेर जिताउन आग्रह गरेका छन् ।
आज बिहानैदेखि वडा नं १२ को कोरियनपुर, नयाँ बस्ती टोल, बेलासपुर लगायतको ठाउँमा सयौंको सङ्ख्यामा उपस्थित भइ घरदैलो कार्यक्रम सम्पन्न भएको अध्यक्ष चिडिमारले भन्नुभयो ।

