लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको आगामी वर्षको अध्यक्षको लागि बसन्ता शर्मा सिफारिस

नेपालगंज बिशेष स्थानीय तह


नेपालगन्ज : सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वर्ष २०२२/२०२३ का लागि लायन बसन्ता शर्मा सर्वसम्मत चयन हुनु भएको छ ।

आज बसेको क्लबको बैठकले अध्यक्षमा बसन्ता शर्मा, प्रथम उपाध्यक्षमा लायन जयेश जङ्ग शाह, सचिवमा लायन बेबी मण्डल र कोषाध्यक्षमा लायन पुष्पा सुवेदी चयन गरेको वर्तमान  अध्यक्ष लायन सुमन गिरीले बताउनुभयो ।

लायन बसन्ता शर्माको घरमा बसेको बैठकमा लायन्स क्लब अफ ३२५ बि २ का डपष्टेरिक डाइरेक्टर लायन सन्तोष पौडेल, लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टका वर्ष २०२०/२१ का अध्यक्ष लायन   दिपक गुप्ता, वर्ष २०१९/२०२० का अध्यक्ष लायन केपी घिमिरे लगायत क्लबका सदस्यहरुको उपस्थित रहेको क्लबकि सचिव लायन खेमा भण्डारीले बताउनुभयो ।

त्यसैगरी क्लबको बैठकले क्लब डाइरेक्टरमा लायन कौशल आचार्य, क्लब एल सि आइ सी कोर्डिनेटरमा लायन कोमल बिष्ट, क्लब सदस्य चियर पर्सनमा लायन दिपक गुप्ता, क्लब मार्केटिङ कम्युनिकेशन चियर पर्सनमा लायन केपी घिमिरे, क्लब सर्भाइस चियर पर्सनमा लायन कृष्ण बहादुर बुढालाई जिम्मेवार दिएको अध्यक्ष गिरीले बताउनुभयो ।
क्लवले सामाजिक कार्यहरु जस्तै स्वास्थ्य शिविर, न्यानो कपडा वितरण, गरिब विद्यार्थीलाई छात्रवृत्ति ,आर्थिक सहयोग लगायतका कामहरु गर्दै आइरहेको सचिव भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *