मानवता नेपाल बाँकेका नवनिर्वाचित पदाधिकारीहरुले खाए सपथ

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह


नेपालगन्ज : मानवता नेपाल बाँकेको हिजो भएको प्रथम साधारणसभा तथा अधिबेशनबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई आज एक कार्यक्रममा बिच सपथ खुवाउने कार्य सम्पन्न भएको छ ।


उक्त संस्थाको हिजो भएको अधिबेशनबाट ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको थियोे । जसको अध्यक्षमा मधुसूदन अधिकारी, उपाध्यक्षमा सुमन गिरी श्रेष्ठ, सचिवमा के.पी. घिमिरे, सहसचिवमा ई. नेत्र प्रसाद सापकोटा, कोषाध्यक्षमा खुस्बु श्रीवास्तव, सदस्यहरुमा क्रमश नवीन शर्मा पौडेल, जित बहादुर बि.क., अब्दुल अजिज हल्वाई, जयेश जङ्ग शाह, पञ्चम गुरुङ, कमला वली निर्वाचित भएका थिए ।


१३ सदस्यीय कार्यसमिति रहेको कमिटीका २ जना सदस्य भने कमिटीले मनोनीत गर्ने प्रावधान रहेको संस्थाका अध्यक्ष मधुसूदन अधिकारीले बताए । निर्वाचन मण्डलका अधिकृत कुल बहादुर भण्डारीले आज सपथ खुवाई प्रमाणपत्र प्रदान गरेका थिए ।
नयाँ कार्यसमितिले चारवटा महत्त्वपूर्ण निर्णय गरेको संस्थाका सचिव घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *