नेपालगन्ज : घरैबाट शुरु गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ सुरु भएको १६ दिने अन्तर्राष्ट्रिय अभियानका क्रममा आज अन्तर पार्टी महिला सञ्जाल बाँकेले दीप प्रज्वलन गरेको छ ।
स्थानीय बिपी चोकमा अन्तर सञ्जाल पार्टीका पदाधिकारी, महिला विकास कार्यालयका पदाधिकारी, अन्य संघसंस्थाका पदाधिकारीहरु, महिला प्रहरीहरु लगायतको उपस्थितिमा दीप प्रज्वलन गरिएको अन्तर पार्टी महिला सञ्जाल कि अध्यक्ष अम्बिका काफ्लेले बताइन् ।



