नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट संगठन योङ्ग कम्युनिस्ट लिग वाइसीएल नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ मा भएको वडा भेलाबाट नयाँ कमिटी गठन गरिएको छ ।
उक्त भेलामा नेकपा माओवादी केन्द्रका बाँके जिल्ला उपाध्यक्ष आदेश अग्रवाल, नेपालगन्ज उपमहानगरपालिका इन्चार्ज डिल्ली बराल, वाईसीएल केन्द्रीय कमिटी सदस्य मनिसा चदारा, इमाम खान लगायतको उपस्थिति रहेको थियोे । भेलाले अध्यक्षमा राजन कस्यप सहित ३५ सदस्यीय वडा कमिटी चयन गरेकाे वाइसीएल नेपालका केन्द्रीय सदस्य इमाम खानले बताउनुभयो ।



