अध्यादेश विरुद्ध अनेरास्ववियु बाँकेले गर्यो विरोध प्रदर्शन

नेपालगंज बिशेष


नेपालगन्ज : सरकारले दल विभाजन जस्तो अध्यादेश लिएको भन्दै अनेरास्ववियु बाँकेले नेपालगन्जमा विरोध प्रदर्शन गरेको छ ।

साँझ ५:०० बजेको  समयमा नेकपा एमाले पार्टी कार्यालयबाट निकालिएको जुलुस बि-पी- चोकमा गएर कोण सभामा परिणत भएको थियोे । विरोध जुलुसमा सरकार विरोधी चर्का नाराबाजी गरिएको  थियो । कोण सभामा अनेरास्ववियु बाँकेका सचिब प्रकाश बि-क- लगायतले सम्बोधन गरेका थिए ।

अनेरास्ववियु केन्द्रीय कमिटीको सर्कुलर अनुसार देशै भरी  विरोध प्रदर्शन गरिएको सचिव बि-क- ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *