प्रधानमन्त्रीको कदम विरुद्ध बाँकेका दलहरूद्वारा भत्सर्ना

मुख्य खबर

नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य रहेको भन्दै प्रधानमन्त्रीको कदम बाँकेका दलहरूद्वारा भत्सर्ना गरेका छन् ।

बुधबार बाकेमा बसेको सर्वदलीय बैठकले प्रधानमन्त्रीको कदमको भत्सर्ना गर्दै प्रधानमन्त्रीको प्रतिगामी कदमले नागरिक, बौद्धिक बर्ग देखि जन समुदायसम्म आक्रोशीत रहेको भन्दै बाँकेका पाँच दलका नेताहरुले संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् ।

कांग्रेस सभापति किरण कोइराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष आइपी खरेल, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य अब्दुल हुसेन खाँ, जसपा नेपालका कावा अध्यक्ष श्रवण कुमार यादव, राजमोका अध्यक्ष भिम प्रसाद देवकोटाले हस्ताक्षर गरेको संयुक्त प्रेस वक्तव्यमा राष्ट्रपतिलाई पदिय मर्यादा भित्र रहन अपिल समेत गरेका छन् ।

हेर्नुस संयुक्त प्रेस वक्तव्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *