लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा: घिमिरे

अर्थ / बाणिज्य लुम्बिनी प्रदेश बिशेष

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री (घिमिरे) नियुक्त भएका छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले घिमिरेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। आर्थिक विषयमा चासो राख्ने उनी माओवादी केन्द्रका केन्द्रीय  नेता हुन्। 

यस्तै आयोगको सदस्यमा शिवपुजन यादव र डा. दामोदर भुसाललाई नियुक्त गरिएको छ । उपाध्यक्ष घिमिरे र भुसाल गुल्मीका हुन भने यादव कपिलवस्तुका हुन् । पाँच सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गरिने लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *