नेपालगन्जको रामलिला मैदानमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालगंज बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : कोरोना महामारीको समयमा टोलटोलमा स्वास्थ्य पहुँच पुगोस् भन्ने हेतुले आज बाँकेको रामलिला मन्दिरमा  निशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ ।

समाजसेवामा सधैंभरि अगाडि रहेका बाँकेका सक्रिय लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट, लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्ण, होलस्टिक होम केयर , मानवता नेपाल बाँके र  थ्री आर इको ग्रिन नेचर नामका  संघसंस्थाहरुले संयुक्तरूपमा उक्त नि:शुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम आयोजना गरेका थिए ।

बिहान ७ बजेदेखि ९:३० बजेसम्म भएको कार्यक्रममा ७० जनाले सेवा लिएको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टकि अध्यक्ष ला- सुमन गिरीले बताउनुभयो । कार्यक्रममा मानवता नेपाल बाँके कि अध्यक्ष अम्बिका काफ्लेले सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यहरु गर्नका लागि अनुरोध गर्दै आफुले सक्ने सहयोग गर्ने बताएकी थिइन्  ।

प्रत्येक शनिबार बिहान यी  संस्थाहरुले नेपालगन्जका चोकचोकमा निशुल्क स्वास्थ्य चेकजाँच गर्ने भएका छन् । जसका लागि नेपालगन्जको सदरलाईनमा रहेको मध्यपश्चिम पोलिक्लिनिक प्रा- लि- ले सुगर जाँचका लागि निशुल्क सहयोग गरि रहेको  छ ।

उक्त स्वास्थ्य शिविरमा होलस्टिक होम केयर नेपालगन्जको टीमले रगत संकलन देखि प्राविधिक सहयोग, मानवता नेपाल बाँकेको सहयोग, थ्रि आर इको  ग्रिन नेचर नामक संस्थाका टीमले प्राविधिक सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *