कर्णाली प्रदेशले भदौ ४ गते सार्वजनिक विदा दिने

मुख्य खबर


कर्णाली प्रदेशले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा यही भदौ ४ गते अर्थात् शुक्रबार सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारको विसं २०७८ वैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा भदौ ४ गते प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए ।

विसं २०७२ साउन २३ गतेदेखि प्रदेशमा भदौ ४ गते नेपालको कान्छो प्रदेशका रुपमा कर्णाली प्रदेश स्थापना गरिएको थियो । प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको मृत्यु भएको थियो । उनीहरुको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष प्रदेश स्थापना तथा शहीद दिवस मनाउँदै आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *