कालिकोट देखि  नेपालगन्ज आउदै गरेको  बस दुर्घटना

कालिकोट देखि नेपालगन्ज आउदै गरेको बस बुधबार साँझ दैलेखमा  दुर्घटना भएको छ । कालिकोटबाट सुर्खेत हुदै नेपालगन्ज आउँदै गरेको बस कर्णाली नदीमा खसेको हो । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका ३ अन्तर्गत सिस्ने भन्दा केही अगाडि  बस दुर्घटना भएको दैलेख  प्रहरीले जानकारी दिएको छ । बस दुर्घटना भइ सडक बाट करिब ५०/५२ मिटर तल खसेको छ […]

Continue Reading

७०५ वटा पालिकाको मतगणना सम्पन्न, कुन पार्टीको कति सीट हेरौं

हालै सम्पन्न स्थानीय निर्वाचनमा भएको मत परिणामको नतिजा आउने क्रम जारी रहेको छ ।  निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ । आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको जनाएको छ । हालसम्मको मतपरिणाम सकिएका पालिकामध्ये […]

Continue Reading

शिक्षण पेसाबाट राजनीतिमा होमिएका यादवको लगभग दोब्बर मतको मतान्तरबाट विजयी

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं ५ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार उठ्नु भएको टीकानाथ यादवले प्रतिपक्ष पार्टीको भन्दा दोब्बर मतको मतान्तरले विजयी भएका छन् । स्नातकोत्तर तहको अध्ययन गरेका यादब महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज लगायत अन्य कलेजहरुमा अध्यापन गराउने गरेका छन् । उनी बौद्धिक व्यक्तित्व भएका कारण उनलाई जनताको अत्यधिक […]

Continue Reading

रुकुम पश्चिमको सानी भेरी १ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे । त्यस्तै अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्टले […]

Continue Reading

नेकपा माओवादी केन्द्रका बढैयाताल गाउँपालिका प्रमुखका उम्मेदवार हिमालय त्रिपाठीको टीमलाई भोट किन ?

बर्दिया  : आसन्न स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र  बढैयाताल गाउँपालिका मा प्रमुख, उप प्रमुख लगायतका ९ वटै वडाहरु मध्ये वडा नं १ नेकपा एकीकृत समाजवादीलाई दिएर अन्य वडाहरुमा एसले माओवादी केन्द्रलाई सहयोग गर्ने सहमति र वडा नं ८ मा कांग्रेसशीत वडा स्तरीय सहमति भएको अवस्थामा  उम्मेदवारहरु आफ्नो चुनावी प्रचारप्रसारमा सक्रिय रुपमा लागेका […]

Continue Reading

सुर्खेत जिल्ला मै कम उमेरका गाउँपालिका अध्यक्षमा भण्डारीको उम्मेदवारी, को हुन भण्डारी ?

सुर्खेत: आसन्न बैशाख ३० गतेको स्थानीय चुनावमा सुर्खेत जिल्ला मै कम उमेरका गाउँपमलिका अध्यक्षमा भिम भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्  ।भण्डारी २०४५ साल असार १८ गते साविक तरंगा गाविस वडा नम्बर ४ मा जन्मिएका उनलाई  बाल्यकाल देखि नै धेरै संघर्ष गर्न पर्यो । बुवा गोकर्ण भण्डारी र आमा तप्तकला भण्डारीका जेठा सन्तान भण्डारी सानै उमेरदेखि समाजसेवामा […]

Continue Reading

माओवादी केन्द्रको मनोनयन दर्ता कै दिन जित सुरुवात, वडा अध्यक्षमा गुरूङ निर्विरोध निर्वाचित

मनाङको नेस्याङ गाउँपालिका वडा नम्बर ९ खाङसारको वडाध्यक्षमा च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन्। माओवादी केन्द्रका गुरुङलाई वडावासीको संयुक्त भेलाले वडा अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। त्यस्तै सदस्यहरुमा अनिल गुरुङ, धनबहादुर गुरुङ,महिला सदस्य रिया गुरुङ र दलित महिला सदस्य सुष्मिता सेन्चुरी स्वतन्त्र उम्मेदवारमा निर्वार्चित भएका हुन्। उनीहरुलाई पनि वडाबासीको भेलाले जनप्रतिनिधिको रुपमा निर्वाचित गरेको हो।

Continue Reading

नेपालगन्जमा गठबन्धन नहुने, प्रमुख उप प्रमुख सहित २३ वटा वडामा माओवादी केन्द्र एक्लै लड्ने

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाले गठबन्धन नमान्ने निर्णय गरेको छ । आज पत्रकार सम्मेलन गरि नगर कमिटीले नेपालगन्ज उपमहानगरपालिका लाई केन्द्रले हेला गरेको भन्दै उपमहानगरपालिका को हकमा २३ वटा वडा नै मेयर उप मेयर सहित एकल लड्ने निर्णय गरेको नगर अध्यक्ष रतन बहादुर शाहीले बताउनुभयो । उक्त पत्रकार सम्मेलनमा नगर अध्यक्ष […]

Continue Reading

कोहलपुर नगरपालिका को मेयरमा उठ्ने नरेन्द्रको यस्तो छ योजना

बाँकेको कोहलपुर  नगरपालिका मा २०७४ सालको स्थानिय तहको निर्वाचनमा  मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपाने पराजित भए पनि उनले कोहलपुरको विकासमा निरन्तर क्रियासीता देखाउदै  आए ।  विजयी नभए पनि माओवादी युवा नेता न्यौपाने छाँय मेयरका रुपममा जनताको काम गरि रहे । प्रशासन संग सम्वन्धीत काम , बिकास संग सम्वन्धीत काम र जन सेवाको काममा उनि निरन्तर […]

Continue Reading

आगामी स्थानीय तहको चुनाबमा गुल्मीमा १२ दल दर्ता

आगामी स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह प्राप्तिका लागि गुल्मीमा १२ वटा दल दर्ता भएका छन् । जिल्ला निर्वाचन अधिकृत माया कुँवरका अनुसार नेकपा माओवादी केन्द्र , राप्रपा नेपाल, राप्रपा, राजमो, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, विवेकशील साझा पार्टी ,मङ्गोल नेशनल अर्गनाइजेसन पार्टी ,नेपाली काङ्ग्रेस बिपिले पार्टी दर्ता गराएको छ ।  यस्तै सामाजिक एकता पार्टी , […]

Continue Reading