विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ नेपालगन्ज जीवनको स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज : विश्व मधुमेह दिवसको अवसरमा शुक्रबार लायन्स क्लब अफ नेपालगन्ज जीवनको आयोजनामा निःशुल्क सुगर जाँच तथा उच्च रक्तचाप सम्बन्धी प्रशिक्षण शिविर सम्पन्न भएको छ। नेपालगन्ज धम्बोझी स्थित सिद्धार्थ बैंकको शाखा परिसरमा आयोजित उक्त कार्यक्रम बिहान ७ बजेबाट सुरु गरिएको थियो। कार्यक्रममा डिस्ट्रिक गभर्नर, सिनियर लायन लिडरहरू, संस्थापक अध्यक्ष, विशेष प्रशिक्षक फिजिसियन डा. प्रकाश नाग, […]

Continue Reading

शारीरिक अपांगता भएका अट‍ो रिक्सा चालक राजु खानलाई मानवता नेपाल बाँकेको सहयोग

नेपालगन्ज :  नेपालगञ्ज उपमहानगरपालिका–७ का शारीरिक अपांगता भएका अटो  रिक्सा चालक राजु खान हाल अत्यन्तै कठिन परिस्थितिमा जीवन बिताउन बाध्य भएका छन्। दुवै खुट्टामध्ये एक खुट्टा गुमाइसकेका खान पेटको समस्या भएपछि भेरी अस्पताल नेपालगञ्जमा अप्रेसन गराइएको थियो। तर उपचारमा भेरी अस्पतालले समेत  आवश्यक औसधि सहयोग र छुट सुविधा नपाएको उहाँले गुनासो गर्नुभएको छ। संस्थाका कोषाध्यक्ष […]

Continue Reading

वृद्धभत्ता लिनका  लागि बैंकमा भीड–जनता आक्रोशित

नेपालगन्ज-  — वृद्धभत्ता वितरणका क्रममा राष्ट्रि‍य वाणिज्य बैंक, नेपालगन्ज उपमहानगरपालिका भवनको सटरमा भएको काउन्टर शाखामा आज बिहान भारी भीड देखिएको छ। भत्ता लिन आएका ज्येष्ठ नागरिकहरू बिहानैदेखि लामो समयसम्म लाइनमा बस्न बाध्य भएपछि ठूलो सास्ती खेप्नु परेको छ। बैंकको गेट अगाडि बाक्लो भीड लागेको दृश्यले भत्ता वितरण व्यवस्थापन निकै कमजोर भएको जनप्रतिनिधि तथा सेवाग्राहीहरूले बताएका […]

Continue Reading

युवा नेता कुश्माखरको नेतृत्वमा एमाले पार्टी कार्यालय पुन: निमार्णका लागि  १० लाख बढी रकम संकलन

नेपालगन्ज : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट आगजनी र तोडफोड भएको नेकपा एमाले बाँके जिल्ला पार्टी कार्यलय पुनः निर्माणमा युवा नेता कुश्माखर बस्यालयको नेतृत्वमा १० लाख बढी रकम संकलन भएर हस्तान्तरण गरेका छन् । बश्याल नेकपा एमालेको बाँके क्षेत्र नं को  क्षेत्रीय अध्यक्ष हुन् उनले एक हप्ताको समयमा पार्टीका विभिन्न तहमा रहेका […]

Continue Reading

सन्धिखर्क नगरपालिकाको  प्रमुख प्रशासकीय अधिकृतमा प्रमोद खनालको पदबहाली

अर्घाखाँची – सन्धिखर्क नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा प्रमोद खनालले औपचारिक रूपमा आइतबार पदबहाली गर्नुभएको छ । पदबहाली कार्यक्रमका अवसरमा नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, बरिष्ठ प्रशासकीय अधिकृत मन्जु खनाल लगायतका कर्मचारी तथा जनप्रतिनिधिहरूले खनाललाई माला र अबिर लगाई  स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरको प्रशासनिक सुधार, पारदर्शिता र सेवा […]

Continue Reading

निकुञ्जमा समाचार संकलन गर्न गएका पत्रकार शाही र निकुञ्जका रेन्जर धिताललाई स्थानीयद्वारा हातपात

नेपालगन्ज : बाँकेको राष्ट्रिय निकुञ्जमा समाचार संकलनका लागि गएका कोहलपुर टुडेमा पत्रकार डिल्ली शाहीलाई र बाँके राष्ट्रिय निकुञ्ज का रेन्जरलाई स्थानीयले कुटपिट गरेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ गुरुवागाउ नमुना टोल निवासी ४० वर्षीय इन्द्र बहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु थियो । सोही विषयमा रिपोर्टिङका लागि पत्रकार शाहीले भिडियो बनाउदा कुटपिट गरेको […]

Continue Reading

मानवता नेपाल बाँकेको छैठौं  साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, गिरीको अध्यक्षतामा  नयाँ नेतृत्व चयन

नेपालगञ्ज-  “आउनुहोस् हराएको मानवताको खोजी गरौं “भन्ने मूल उद्देश्यका साथ स्थापना भएको मानवता नेपाल बाँकेको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। नव–निर्वाचित कार्यसमितिको नेतृत्व अध्यक्ष पदमा सुमन गिरीले गर्नुभएको छ।समितिको उपाध्यक्षमा खिम प्रसाद घिमिरे, सचिवमा ई. नेत्र प्रसाद सापकोटा, सह–सचिवमा खुस्बु श्रीवास्तव […]

Continue Reading

खजुरा गाउँपालिकाका करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिँदै

बाँकेको  खजुरा गाउँपालिकाले करार सेवामा कार्यरत सम्पूर्ण कर्मचारीलाई योगदानमा आधारित  सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय गरेको छ। नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मिति २०८२/१/१ को राजपत्रमा प्रकाशित सुचना र मन्त्रालयको  निर्णय अनुसार, करार सेवामा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा योजनामा सामेल गराउनका लागि खजुरा गाउँपालिकाले आवश्यक प्रक्रिया अघि बढाएको हो। खजुरा गाउँपालिका […]

Continue Reading

सहरी विकास तथा भवन कार्यालयको चरम लापरबाही : भोलिको मितिको सूचना  आजै जारी

नेपालगञ्ज- लुम्बिनी प्रदेश सरकार सहरी विकास तथा भवन कार्यालय, नेपालगञ्जले चरम लापरबाहीपूर्ण ढंगले भोलिको मितिको कार्यक्रमसम्बन्धी सूचना आजै (मिति २०८२/०६/२१) गते नै प्रकाशित गरेको छ। कार्यालयले “जनता आवास निर्माणका लागि लाभग्राही छनोट सम्बन्धी निर्देशन” शीर्षकमा सूचना निकाल्दै मिति २०८२/०६/२८ गते सम्मका लागि आवास लाभग्राही छनोट कार्यक्रमका लागि निवेदन आव्हान गरेको छ । सहरी विकास तथा […]

Continue Reading

गुल्मीको मदाने ७ रोल्म डाँडामा परम्परागत सराय नाँच सम्पन्न

गुल्मी जिल्लाको मदाने गाउँपालिका–७ स्थित ऐतिहासिक, पर्यटकीय तथा धार्मिक महत्व बोकेको रोल्म डाँडामा एकादशीको अवसरमा परम्परागत सराय नाँच शुक्रबार  भव्य रुपमा सम्पन्न भएको छ। स्थानीय बासिन्दा, धार्मिक श्रद्धालु तथा दर्शनार्थीहरूको ठूलो उपस्थितिमा आयोजना गरिएको यस कार्यक्रममा परम्परागत पोशाकमा सजिएका सराय नर्तकहरूले खुकुरीसहितको आकर्षक प्रस्तुतिले वातावरणलाई उत्सवमय बनाएका थिए। कार्यक्रममा सहभागीहरूले सराय नाँचलाई स्थानीय सबै समुदायको  […]

Continue Reading