नेपालगन्ज : लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँके शाखाकाे भेलाबाट अध्यक्षमा प्रकाश गिरी सर्वसम्मत चयन भएका छन् ।
संस्थाका कार्यवाहक अध्यक्ष मिना बरालको अध्यक्षता र प्राज्ञ सभा सदस्य महानन्द ढकालको प्रमुख आतिथ्यता एवम् प्राज्ञ हरिप्रसाद तिमिल्सिनाको समउपस्थितिमा भएको कार्यक्रममा सम्पूर्ण पदाधिकारी सर्वसम्मतिले चयन गरिएको हो ।

साहित्यकार प्रकाश गिरी निश्चलज्यूको अध्यक्षतामा सर्वसम्मत रुपमा लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँके शाखा पुनर्गठन भएको छ । यस प्रतिष्ठानको कार्यसमिति अनुसार अध्यक्ष पदमा श्री प्रकाश गिरी निश्चल, उपाध्यक्ष : श्री फनीन्द्र आचार्य, सचिव श्री गीता अर्याल,
कोषाध्यक्ष श्री करिस्मा योगी, सहसचिव श्री महेन्द्र रोक्का, सदस्यमा क्रमश : श्री चन्द्रावती अधिकारी, श्री इन्दिरा गौतम, श्री प्रियङ्का वैश्य, श्री डम्बर बि. क. रहेका छन् ।
