नेपालगञ्ज । बाँके जिल्लाले केन्द्र सरकारमा दुई जना मन्त्री पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउबा नेतृत्वको मन्त्रीपरिषदमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महेश्वरजंग गहतराज ‘अथक’ र नेपाली कांग्रेसबाट गजेन्द्र हमाल मन्त्री बनेका छन् ।
माओवादीका अथक युवा तथा खेलकुद मन्त्री र कांग्रेसका हमाल उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री बनेका हुन् । अथक बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् हुन् भने हमाल गैरसांसद् हुन् । अथकलाई उनको पार्टी नेकपा माओवादी केन्द्रले मन्त्रीमा सिफारिस गरेको थियोे । हमाल कांग्रेसको भागमा परेको मन्त्रालयमा मन्त्री बनेपनि प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले उनलाई सिफारिस गरेको बताइएको छ ।

कांग्रेसका पुराना नेता हमाल पछिल्लो समय कांग्रेस राजनीतिमा त्यति सक्रिय भएका थिएनन् । उनी २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ को उम्मेदवारमा हार व्यहोर्नुपरेको थियो ।


