सानिमा लाइफ इन्स्योरेन्स लि-को आइपीओ बाँडफाँड

अर्थ / बाणिज्य

सानिमा लाइफ इन्सुरेन्सको आइपीओ आज शनिबार (साउन ३१ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ५ लाख ४० हजार जना आवेदनले १० कित्ताका दरले सेयर पाएका छन् । सानिमाको आइपीओमा आवेदन दिएका कुल २४ लाख १९ हजार ८४८ जनामध्ये २३ लाख ८ हजार १२२ को आवेदन मात्र योग्य ठहरिएको थियो । सोही योग्य आवेदनलाई गोलाप्रथामा सहभागी गराइएको हो । 

योग्य आवेदकबाट १७ लाख ६८ हजार १२२ जनाले भने शेयर नपरेर  चित्त बुझाउनु पर्ने भएको छ ।  कुल आवेदनमध्ये ५ हजार ४३४ जनाले दोहोरो आवेदन दिएका कारण आवेदन रद्द भएको थियो । यस्तै, अन्य कारणबाट १ लाख ६ हजार २९२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ । सानिमा लाइफले साउन २० गतेदेखि २४ गतेसम्म कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । 

जसमध्ये ५४ लाख कित्ता आइपीओमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । कम्पनीले कर्मचारीलाई ३ लाख (५%) कित्ता सेयर र म्युचुअल फन्डलाई पनि ५% ले हुने ३ लाख कित्ता नै सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *