सानीमा लाइफ इन्स्योरेन्समा पहिलो दिनमै ७ लाख बढीले भरे आइपीओ

अर्थ / बाणिज्य


सानिमा लाइफ इन्सुरेन्सको आइपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार पहिलो दिन बुधबार साँझ ४ः५० बजेसम्म ७ लाख १२ हजार ४८१ जना आवेदकले १ करोड १७ लाख ५८ हजार २० कित्ताका लागि आवेदन दिएका छन् । उक्त आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २.१८ गुणा बढी हो । 

सानिमा लाइफले आज बुधबार (साउन २० गते) देखि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ५४ लाख कित्ता आइपीओमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीले कर्मचारीलाई ३ लाख (५%) कित्ता सेयर र म्युचुअल फन्डलाई पनि ५% ले हुने ३ लाख कित्ता नै सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको हो । यसमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ । 

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । सानिमा लाइफको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।
नेपाली पैसाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *