मानवबेचविखन विरुद्ध सक्रिय अभियन्तालाई टीम विकास तथा बाल संरक्षण तालिम

बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाममा क्रियाशिल अभियन्ताहरुका लागि नेपालगञ्जमा ‘अभियन्ताहरुको टीम विकास र विपदको अवस्थामा बाल संरक्षण’ विषयक तीन दिने तालिम सञ्चालन गरेको छ ।प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत मानवबेचविखन विरुद्धको अभियान रोकथाम नै समाधान भन्ने मुल नाराका साथ छनोट गरिएका युवा अभियन्ताका लागि सो तालिमको सञ्चालन गरिएको […]

Continue Reading

दुधे बालकलाई काखमा राखेर उपचारका लागि हिडेकी महिलाले बस भित्र प्राण त्यागिन

रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेर उपचारका लागि नेपालगन्ज हिडेकी थिइन्। बस चढेपछि धर्माकुमारीले नेपालगञ्जमा रहेका श्रीमान दलबहादुर बटालासँग सल्लाह गरि उपचारका लागि नाबालक छोराको साथ बस चढेकी थिइन् […]

Continue Reading

कर्णाली प्रदेशले भदौ ४ गते सार्वजनिक विदा दिने

कर्णाली प्रदेशले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा यही भदौ ४ गते अर्थात् शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको विसं २०७८ वैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा भदौ ४ गते प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिने निर्णय […]

Continue Reading

वाल विावाह न्युकिरणका लागि च्याम्पियन अफ चेन्जका युवालाई टी शर्ट वितरण

बाँके युनेस्को क्लबले बाल विवाह न्युनिकरणका लागि बर्दियाको राजापुर नगरपालिकामा रहेका च्याम्पियन अफ चेन्जका युवालाई टी शर्ट वितरण गरेको छ ।क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत बाल विवाह न्युनिकरणका लागि चेतना फैलाउने अभियानमा लागेका च्याम्पियन अफ चेन्जका युवालाई टी शर्ट वितरण गरिएको […]

Continue Reading

नेकपा माओवादी केन्द्रले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म हुने भएको छ । स्थानीय र प्रदेश स्तरका अधिवेशनहरू सकेपछि पुस ११ गते पार्टीको राष्ट्रिय सम्मेलन गर्ने पार्टी अध्यक्ष प्रचण्डको प्रस्ताव छ । काठमाडौँको बत्तीसपुतलीमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय […]

Continue Reading

सुर्खेतमा एक युवतिद्वारा परीक्षा बिग्रिएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या

सुर्खेतकी एक युवतीले बिबिएस प्रथम बर्षको परीक्षा परीक्षा बिग्रिएको भन्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी छिन् ।पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी २९ बर्षीया कँडेलले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ समेत लेखेको प्रहरीले […]

Continue Reading

नेकपा एमाले निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा

नेकपा एमाले निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको छ शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् ।पूर्व प्रधानमन्त्री तथा  एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।  उक्त भ्याली कमाण्ड घोषणा हुनुअघि युथ फोर्सले […]

Continue Reading

भोलि सार्वजनिक विदा

नेपाल सरकारले बकर इदको अवसरमा भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार विदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा […]

Continue Reading

सरकारको पहिलो निर्णय: सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने

प्रधानमन्त्री शेर बहादुर देउवाको सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो ।  आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई […]

Continue Reading

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम जागिर छोड्न साथ एकमुष्ठ पाउने

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले नरमतापूर्ण प्रस्तुत हुँदै सबै श्रमिक, कर्मचारी तथा रोजगारदातालाई कोषमा आह्वान हुने आग्रह गरेको छ । कोषले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनु अनिवार्य भएपनि यसको सुविधा लिने–नलिने स्वेच्छिक विषय भएको बताएको हो । कोषले आज एक विज्ञप्ति निकाल्दै असार मसान्त सम्ममा कोषमा नै आवद्ध हुने अन्तिम मिति रहेको बताएको हो । […]

Continue Reading