बर्दियामा बाघको आक्रमणबाट दुई जना घाइते

लुम्बिनी प्रदेश बिशेष

फाइल तस्बिर
नेपालगन्ज : बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका वडा नम्बर ११ गोरख चौराहामा रहेको नर्सरी (जंगल)बाट आएको बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन । घाइते हुनेमा ३७ वर्षीया कृष्ण तुला हजाम र ६६ वर्षीय मोहनलाल थारू रहेका छन् ।

आइतबार बिहान करिब ११:३० देखि १२ बजेको बिचमा आज बाघले आक्रमण गरेको प्रहरी स्रोतले जनाएको छ। उक्त आक्रमण बाघले गरेको हो वा चितुवाले भन्ने विषयमा डिभिजन वन कार्यालयले अनुसन्धान गरिरहेको छ।

घाइतेहरूको उपचार बर्दिया जिल्ला अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले जानकारी दिए । उहाँले सो बाटोको प्रयोग राती नगर्न तथा दिउँसोमा पनि प्रयोग गर्नुपर्ने अवस्था आए सतर्क रहन बर्दियावासीलाई अपिल गरिएको बताएका छन् । अहिले प्रहरीले जनताको सुरक्षार्थ अर्को बैकल्पिक बाटोबाट यात्रुहरूलाई पठाइरहेको छ भने उक्त घटनास्थल नजिक प्रहरीले सुरक्षा दिइरहेको जनाएको छ ।

बाँके र बर्दियामा धमाधम बाटो बनाउने कार्य भएकाले बर्दिया तथा बाँकेवासीहरू गणेशपुर हुँदै उक्त बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *