डिजेल र मट्टीतेलको मूल्य घट्यो

अर्थ / बाणिज्य

नेपालगन्ज – नेपाल आयल निगमले बुधबार बिहान १ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

उक्त घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ ।  भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको आयल निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *