नेपालगन्ज : नेपालगन्जमा रहेको ज्ञानोदय विद्या निकेतन इ.मि. माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट विषय लिएर अध्ययनरत विद्यार्थीहरुद्वारा आज वृहत् सरसफाइ गरेका छन् ।

४४ औं विश्व पर्यटन दिवसको अवसरमा विद्यार्थीहरुले बागेश्वरी मन्दिर परिसर र नेपालगन्जमा रहेको वाटरपार्कमा सरसफाइ गरेका छन् । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले बागेश्वरी मन्दिरमा र कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले वाटरपार्क क्षेत्रमा सरसफाइ गरेका छन् ।


विद्यार्थीहरुलाई सामाजिक कार्य अन्तर्गत यस्ता किसिमका सामाजिक कार्यमा सहभागी गराउदा उनीहरुमा पछि गएर सामाजिक सेवाको भाव आउछ र उक्त क्षेत्रमा काम गर्न सक्ने भएको हुदा यसरी विभिन्न समय समयमा यस्ता क्रियाकलापमा सहभागी गराउदै आइरहेको विद्यालयका कार्यकारी निर्देशक गणेश भण्डारीले बताउनुभयो ।

उक्त सरसफाइ कार्यक्रममा उक्त विद्यालयका संयोजक खुमलाल शर्मा, इन्चार्ज केपी घिमिरे शिक्षकहरु भरत पोखरेल, रमेश खनाल लगायतको पनि सहभागी रहेको हो ।

