बाँकेमा नेकपा माओवादी केन्द्रलाई गुटरहित बनाउछु संयोजक : पाण्डे

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले बाँके पार्टीलाई गुुटरहित पार्टी बनाउने लक्ष्य रहेको बताएका छन ।

मंगलबार प्रेस सेन्टर नेपालको नेपालगन्जमा भएको बैठक तथा अन्तरकृया कार्यक्रममा प्रेस सेन्टर नेपालका सहभागीहरु लाई प्रशिक्षित गर्दै संयोजक जेम्सले यस्तो कुुरा बताएका हुन् ।

उनले सम्बोधन कै क्रममा भने पार्टी भित्रको गुुटउपगुुट र अनुुशासन बिहिनताले पार्टीले गतिलिन नसकेको बताउदै बिगतमा जे भयो भयो अवका दिनमा पार्टी भित्रका गुुटउपगुुटको अन्त्य गर्दै पार्टीलाई एकढिक्का बनाएर अगाडी बढाउने लक्ष्य लिएको छुु । प्रेस सेन्टर नेपालका पदाधिकारीहरु संग भएको अन्तरकृयामा हजारौको बलिदानीबाट प्राप्त उपलब्धिको रक्षागर्न प्रेस सेन्टर नेपाल अग्रपंक्तिमा लाग्न आह्वान पनि गरेकाछन,पार्टीले संचालन गर्नलागेको तीन महिने अभियानलाई सघाउन र सफल बनाउन प्रेस सेन्टर नेपालले महत्वपुुर्ण भुुमिका निर्बाह गर्नुुपर्ने बताए ।
प्रेस सेन्टर नेपाल बाँके अध्यक्ष राजेश आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान,केन्द्रीय सदस्यहरु शिब सुुनार,डक्ट प्रसाद धिताल प्रेस सेन्टरकै प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, प्रदेश सचिव आलम खान, जिल्ला उपाध्यक्ष संगिन शर्मा, जिल्ला सचिव केपी घिमिरे लगायतले पार्टी र संगठन बिचको सम्बन्ध बलियो बनाउन आ आफुुले खेल्नुपर्ने भुुमिकाका बारेमा भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *