लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

नेपालगंज बिशेष

नेपालगन्ज – सामाजिक सेवामा अग्रणी भूमिका राख्ने लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वर्ष २०२१/२०२२ को कार्यकालका लागि ला- सुमन गिरी अध्यक्षमा सर्वसम्मतिले चयन हुनु भएको  छ।

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको यो चौथो  वर्षको नयाँ कार्यसमिति रहेको छ । यसभन्दा अघि वर्ष २०१८/२०१९ मा गठन गरिएको क्लबको संस्थापक अध्यक्ष लायन ध्रुबराज शर्मा, वर्ष २०१९/२०२० का लागि लायन के-पी- घिमिरे र २०२०/२०२१ को अध्यक्ष ला- दिपक गुप्ता  नेतृत्वमा कार्यसमिति रहेको थियोे ।

त्यसै गरी प्रथम उपाध्यक्षमा लायन बसन्ता शर्मा, सचिवमा लायन डा- खेमा भण्डारी र कोषाध्यक्षमा लायन एङ्गिरा रेग्मी चयन भएको अध्यक्ष लायन सुमन गिरीले बताउनुभयो  ।

क्लबमा ३१ जना संस्थापक सदस्यहरु रहेकोमा केही सदस्यहरु देश बाहिर रहेकोले अहिले १९ जनाको क्लब सदस्यहरु रहेको सचिव शर्माले बताउनुभयो  । क्लबले वर्ष २०२१/२०२२ मा उत्कृष्ट काम गर्ने र क्लबको नाम अग्रणि स्थानमा राखिने क्लबका पदाधिकारीले बताएका छन् । क्लबमा रिक्त पदहरु बैठकले चयन गरिने सचिव शर्माले बताउनुभयो ।

उक्त पद हस्तान्तरण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ का एक्जटिभ बोर्ड सदस्य ला- मुकुट ढकाल, जोन चियर पर्सन ला- भिम सुवेदी, लायन्स क्लब अफ अन्नपूर्ण नेपालगन्जकि अध्यक्ष ला- हिरा खराल लगायतको उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *